काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई सरकारमा पठाउने निर्णय गरेको छ । सोमबार बालकोटमा बसेको पदाधिकारी बैठकले पौडेललाई प्रचण्ड नेतृत्वको सरकारमा पठाउने निर्णय गरेको हो ।
उनले उपप्रधानसहित अर्थ मन्त्रालय लिने एमालेका एक नेताले जानकारी दिए । पौडेलले यसअघि पनि अर्थमन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।
आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड १६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका थिए । उनको शपथ आजै ४ बजे हुँदैछ । शपथलगत्तै उनले सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् ।
प्रतिक्रिया
Kod Binance
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?