११ बैशाख २०८१, मंगलबार | Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डिप्रेसनमा सन्दीप लामिछाने



काठमाडौं । जबरजस्ती करणीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई डिप्रेसनको संकेत देखिएपछि मनोपरामर्श दिन सुरु गरिएको छ ।

केन्द्रीय कारागार सुन्धारामा रहेका लामिछानेलाई वरिष्ठ मनोपरामर्शविद् सुष्मा रेग्मीले परामर्श दिएका छन् । अब, दुई तीन दिनबीचमा नियमित परामर्श दिनुपर्ने रेग्मीले बताए ।

रेग्मीका अनुसार बोलीचाली र हाउभाउ पनि परिवर्तन भएको छ । उनमा नकरात्मक सोचहरू बढेको पाइएको छ । जेलभित्र मनोपरामर्शको कुनै व्यवस्था छैन । अर्कातिर काउन्सिलिङका लागि छुट्टै कोठासमेत नरहेको भन्दै सन्दीपका आफन्तले गुनासो गरेका छन् ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ८ : ४१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *