काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने आज रिहा हुँदैछन् । उच्च अदालत पाटनले विहीबार सन्दपलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएकाले आज उनी रिहा हुँदैछन् । विहीबार आदेश आउँदा राति भइसकेकाले आज आवश्यक प्रकिया पूरा गरेर उनलाई थुनाबाट निकालिने सन्दीपका अधिवक्ताले सरोज घिमिरले जनाएका छन् ।
नाबालिगलाई बलात्कार गरेको आरोपमा उनलाई यसअघि जिल्ला अदालत काठमाडौंले थुनामै राखेर बलात्कार सम्बन्धी मुद्दामा कारबाही अघि बढाउन आदेश दिएको थियो । उक्त आदेशकाविरुद्ध सन्दिपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।
न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको हो । उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले पनि लामिछानेले विदेश जान नपाउने आदेश भएको जानकारी दिए ।
यसअघि काठमाडौं जिल्ला अदालतले क्रिकेटर लामिछानेबाट पीडित किशोरीको जन्म सम्बन्धी प्रमाण झिकाउन आदेश दिएको थियो। नाबालिग (१८ वर्षमुनि) लाई बलात्कार बलात्कार गरेको आरोप लागेपछि सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको जिकिर गर्दै आएका छन् । उमेर सम्बन्धी विवाद भएपछि इजलासले उनको जन्म सम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको हो।
प्रतिक्रिया
Бонус при регистрации на binance
I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.
Εγγραφετε για να λβετε 100 USDT
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.
100 USDT
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.