काठमडौं । उपसभामुखमा इन्दिरा रानाले आफू पार्टीको राजनीतिक तथा सांगठानिक जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् ।
उनले सोमबार विज्ञप्ति जारी गर्दै उपसभामुखको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको जिम्मेवारीबाट अलग भएको जानकारी दिएका हुन् । रास्वपाका सांसद राना सत्ता गठबन्धनबाट साझा उम्मेदवार हुँदै गत माघ ७ मा उपसभामुखमा निर्वाचित भएका थिए ।
‘उपसभामुख पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउनका लागि यस पदमा रहुन्जेल म आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण राजनीतिक तथा सांगठानिक जिम्मेवारीबाट अलग भएको घोषणा गर्दछु,’ उनले भनेका छन् ।
प्रतिक्रिया