१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बोतल र जर्किनमा भरेर पेट्रोल बेच्न प्रतिबन्ध



काठमाडौं । नेपाल प्रहरीले बोतल र जर्किनलगायतमा पेट्रोलियम पदार्थ भरेर बिक्री नगर्न पम्प सञ्चालकहरूलाई आग्रह गरेको छ ।

काठमाडौंका केही पेट्रोल पम्पले बोतल र जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थ भरेर बिक्री गर्ने गरिएको पाइएपछि रोक लगाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सूचना निकालेर पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र पसलमा भण्डारण गर्दा आगलागी हुन सक्ने भन्दै बोतल, जर्किनमा पेट्रोललगायत नराख्न भनेको छ ।

जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थको बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने प्रहरीले बताएको छ ।

मंगलबार संसद भवन अगाडी इलामका प्रेम आचार्यले पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाएका थिए । उनको उपचारको क्रममा कीर्तिपूरस्थित बर्न अस्पतालमा मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ११ : ३९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *