काठमाडौं। डिल्लीबजारस्थित फ्युजन कन्सल्टेन्सीमा प्रहरीले छापा मारेर सञ्चालक सहित ३ जनालाई पक्राउ गरेको छ।
विद्यार्थीहरूलाई विदेश पठाउन आवश्यक बैंक स्टेटमेन्ट समेत कन्सल्टेन्सीले नक्कली बनाउने गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले बताए।
पक्राउ पर्नेमा कन्सल्टेन्सी सञ्चालक माधव पौडेल सहित ३ जना छन् । कन्सल्टेन्सीमा शिक्षा मन्त्रालय र विभागको नक्कली छाप र लेटरप्याड भेटिएको छ । आरोपीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया