१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनुषामा हिरासत तोडेर ६ जना थुनुवा फरार



जनकपुर। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत फोडेर थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गएराति हिरासत फोडेर ६ जना थुनुवाहरू फरार भएका हुन् ।

हिरासतमा ७ जना थिए । जस मध्ये एकजना बाहेक सबै फरार भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले पुष्टि गरे । फरार हुनेहरूमा राेशन महताे र शंकर महताे हातहतियार मुद्दाका , हरिबिन्द सिंह लागू ओैषध  तथा  बिनाेद शर्मा, अमित मण्डल र राेशन यादव शान्ति सुरक्षा र अभद्र व्यवहार मुद्दाका आराेपीहरू हुन्।

इलाका प्रहरीको भवन पुरानो एवं पछाडिपट्टिबाट जीर्ण रहेकाले फोडेर भाग्न सफल भएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ११ : ११ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *