१५ चैत्र २०८०, बिहिबार | Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली नागरिकता लिन खोज्ने एक भारतीय पक्राउ



महोत्तरी ।  जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट नेपाली नागरिकता लिन खोज्ने एक भारतीय नागरिकसहित वडाध्यक्ष र वडासदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मनरा सिस्वा नगरपालिका– ९ निवासी राजकिशोर साहको छोरा हुँ भनी नेपाली वंशजको नागरिकता लिन खोज्ने आकाशकुमार साहलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । यता उनको जन्म प्रमाणित गरिदिने र नागरिकता लिन सिफारिस गरिदिने सोही वडाका वडाध्यक्ष शशिभूषण झा र वडासदस्य धर्मेन्द्रकुमार लाललाई समेत प्रहरीले अनुसन्धानमा राखेको छ । 

नागरिकता लिन जिल्ला प्रशासनका कार्यालयमा पेस गरिएको कागजातमा शंका लागेपछि छानबिन गर्दै जाँदा नागरिकता लिने व्यक्ति भारतीय नागरिक रहेको खुलेपछि छानबिनकै लागि वडाध्यक्ष र वडासदस्यसमेतलाई बोलाइएकोमा नागरिकता लिन खोज्ने व्यक्ति आकाश भारतीय नागरिक रहेको र उनको नामसमेत उनले ढाँटेको जिल्ला प्रशासन कार्यालय नागरिकता फाँटका नायव सुब्बा भरत यादवले बताए । उनले आरोपी साहसँग उनी भारतीय नागरिक रहेको विभिन्न प्रमाणहरूसमेत फेला परेको बताए । 

यता जिल्ला प्रसासन कार्यालयले आरोपीहरूलाई थप अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाएकोमा जिल्ला प्रहरी कार्यालय महोत्तरीले महोत्तरी जिल्ला अदालतबाट म्याद थप गराई पक्राउ परेका तीनैजनासँग विस्तृत अनुसन्धान सुरु गरेको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले कुनै पनि गैरनेपालीले ढाँटेर नेपालको नागरिकता लिन नपाउने बताउँदै प्रकाउ परेका व्यक्तिलाई कानुनी कारबाही तथा अनुसन्धानका लागि प्रहरीमा पठाइएको बताए ।

उनले भारतीय नागरिकलाई नागरिकता बनाउन वडाध्यक्ष र वडासचिवले जानी–जानी सिफारिस गरेका हुन् वा अन्जानमा भएको हो सोसमेत अनुसन्धानमा खुल्ने र कानुनले भनेबमोजिम कारबाहीसमेत हुने बताए । यता नागरिकतामा बुबा र आमा भनिएका मामामाइजू हाल फरार रहेका छन् । 

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  १२ : २१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *