काठमाडौं । देशभर थप १ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ५ सय ९१ जनाको नमूना परीक्षण गरिएको थियो ।
१ हजार १९ जनाको पीसीआर र ५ सय ७२ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा १ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार ६४ जना संक्रमणमुक्त भएका छन् भने हाल ३ सय ९० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, २४ घण्टामा कोरोनाको संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया