६ बैशाख २०८१, बिहिबार | Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘राष्ट्रपतिका परिवारले दैनिक भ्रमण भत्ता पाउने भन्दै भ्रम फैलाइयो’



काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उच्च राजनीतिक नेतृत्वको विशेष आग्रहमा उनलाई थप उपचारका लागि भारत लगिएको प्रस्ट पारेको छ। 

राष्ट्रपति पौडेलको उपचारका विषयमा भ्रम फैलाएको भन्दै सचिवालयले भनेको छ, ‘सम्माननीय राष्ट्रपतिको नेपालमै उपचार गर्ने चाहना हुँदा हुँदै पनि चिकित्सकहरूको टोली तथा सम्माननीय प्रधानमन्त्री र उच्च राजनीतिक नेतृत्वको विषेश आग्रहमा उहाँ भारतमा उपचारका लागि जान तयार हुनुभएको हो । यो कुरा सम्माननीय प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा नै बताइसक्नुभएको यथार्थलाई यहाँ स्मरण गराउन चाहन्छौं।’

भ्रमण भत्ता लगायतका विषयमा भ्रम फैलाएको भन्दै सचिवालयले ध्यानाकर्षणसमेत जनाएको छ। ‘नेपाल सरकारको निर्णयबमोजिमको उपचार पद्दति कानुन, नियम र निश्चित विधिअनुसार हुने स्पष्ट हुँदा हुँदै पनि राष्ट्रपति संस्थालाई नै विवाद पार्ने मनसायले केहि संचार माध्यम तथा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सूचना र दुष्प्रचारप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ,’ स्वकीय सचिव किरण पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७४ मा विदेश भ्रमण र उपचारका लागि विदेश जाने विषयलाई अलग-अलग व्यवस्था गरिएको प्रष्ट छ। तर, ऐन कानुन नै नबुझेजस्तो गरी सम्माननीय राष्ट्रपतिका परिवारका सदस्यले दैनिक भ्रमण भत्ता पाउनेजस्ता आम नागरिकलाई दिग्भ्रमित पार्ने सूचना सम्प्रेषण भइरहेकोप्रति हामी दुःख व्यक्त गर्दछौं।’

छातीको इन्फेक्सन भएपछि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति पौडेललाई थप उपचारका लागि नयाँ दिल्ली लगिएको थियो। उनको अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार भइरहेको छ। चिकित्सकहरूका अनुसार उनको स्वास्थ्य अवस्था क्रमिकरुपले सुधारोन्मुख रहेको उनको स्वास्थ्यसम्बन्धी केही परीक्षणको रिपोर्ट अझै आउन बाँकी रहेको सचिवालयले ​​ जनाएको छ। 

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ८ : २९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *