४ बैशाख २०८१, मंगलबार | Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु



ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा शुक्रबार राति चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ ।

सिदिङ्वा गाउँपालिका-६ मेहेलेका ६० वर्षीय श्रीप्रसाद कडरियाको चट्याङ लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसराम कार्कीका अनुसार घरैमा बसिरहेको अवस्थामा कडरियलाई चट्याङ लागेको हो । इलाका प्रहरी कार्यालय तेल्लोकको टोली घटनास्थलमा गएको छ । शव परीक्षणका लागि आज जिल्ला अस्पताल ल्याइने कार्कीले बताए ।

केही दिनअघि मात्रै चट्याङ लागेर मैवाखोला गाउँपालिकामा एक बालकको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ११ : २० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *