१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निरा पाण्डे हत्याको अनुसन्धान गर्न एआईजीको नेतृत्वमा छानबिन समिति



काठमाडौं । निरा पाण्डे आचार्य हत्या प्रकरणको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।

माता तीर्थ औंसीको दिन पाण्डेको कपनको सरस्वतीनगरस्थित पसलभित्र दिउँसै छुरा प्रहार गरेर वीभत्स हत्या गरिएको थियो । एक साता वितिसक्दा पनि आरोपी पक्राउ पर्न नसकेको भन्दै सडक र सदनमा प्रशासनविरुद्ध विरोध भइरहेको छ ।

त्यहीबीच प्रहरी प्रधान कार्यालय, नक्सालले वरिष्ठ प्रहरी अधिकृतको नेतृत्वमा छानबिन समिति बनाएको हो । समितिमा उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोजकुमार केसी, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख दानबहादुर कार्की, सीआईबीका एसएसपी दिनेश आचार्यसहित ११ जना सदस्य रहेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले अनलाइनखबरलाई बताए ।

उनका अनुसार घटनाको अनुसन्धानमा सीआईबीसहित उपत्यकाका सबै निकाय खटिएको भएपनि समन्वय गर्न सहज होस् भनेर समिति गठन गरिएको हो । ‘सबै युनिटबाट काम भइरहेको थियो, एउटा काअर्डिनेसन सेन्टर भयो भने सहज हुन्छ भन्ने उद्देश्यले समिति बनेको हो’, उनले भने ।

प्रहरीले अहिले घटनास्थल नजिकै रहेको क्लोज सर्किट (सीसी) क्यामराको फुटेजको आधारमा अनुसन्धान गरिरहेको छ । प्रकरणको अनुसन्धानमा प्रहरीले सामाजिक सम्बन्धलाई केन्द्रमा राखेर अनुसन्धान गरिरहेको छ ।

पाण्डेले झण्डै १० वर्षदेखि सरस्वतीनगरमा ‘निरु किचन’ नामक भाँडा पसल चलाउँदै आएकी थिइन् । व्यवसाय राम्रो हुँदै गएपछि करिब तीन वर्षअघि उनीहरुले अर्को पसल पनि खोलेका थिए । तीन सय मिटर अगाडि रहेको पसलमा श्रीमान् योगेन्द्र आचार्यले चलाउने गरेका थिए ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ११ : २६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *