१५ चैत्र २०८०, बिहिबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वृन्दावन क्षेत्र संरक्षण समितिको बैठक सम्पन्न



काठमाडौं । वृन्दावन क्षेत्र संरक्षण एंव विकास समिति पँचाङ्गा सहयोग समिति काठमाडौंको विस्तारित बैठक सम्पन्न भएको छ । समितिका अध्यक्ष कमान सिंह खड्काको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर २ जनालीकोटको पँचाङ्गा गाउँमा रहेको राधाकृष्ण मन्दिर संरक्षणकालागि स्थापना भएको समितिलाई सहयोग गर्ने उद्देश्यले काठमाडौंमा रहेका पँचाङ्गा लगायत जिल्लाका अन्य स्थानीयहहरु सहभागि भएर काठमाडौंमा सहयोग समिति बनाइएको हो ।

२०७५ सालमा काठमाडौंमा सहयोग समिति गठान गरिएको थियो । २०२३ साल अघि स्थापना भएको राधाकृष्ण मन्दिर निर्माण गरेर गजुर स्थापना गर्ने लक्ष्य छ । त्यसैकालागि उनीहरुले काठमाडौं अभियान सञ्चालन गरेका हुन् ।

शनिवार सम्पन्न सहयोग समितिको बैठकले बजेट निर्माण समन्वय समिति समेत गठन गरेको छ । जसको संयोजकमा दीपकबहादुर साउँद रहेका छन् । कृष्णराज शर्मा र कुलराज उपाध्यायलाई सदस्यमा मनोनित गरिएको छ ।

यो समितिले अब मन्दिरलाई पूर्णता दिन बिभिन्न व्यक्ति, निकाय सँग समन्वय गर्नेछ । बैठकमा वृन्दावन क्षेत्र संरक्षण एंव विकास समिति अछामका अध्यक्ष भरतकुमार स्वार, सहयोग समिति काठमाडौंका सचिव कृष्णराज शर्मा कट्टेल, कोषाध्यक्ष रामबहादुर रावल लगायत अन्य सदस्यहरु लगायतको पनि उपस्थीति रहेको नारायणप्रसाद उपाध्यायले जानकारी दिएका छन् ।

पँचाङ्गामा रहेको राधाकृष्ण मन्दिर । यो मन्दिरको ८० प्रतिसत निर्माण सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  २ : ५१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *