१५ चैत्र २०८०, बिहिबार | Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निरु हत्या प्रकरण : झापाबाट एक बाउन्सर पक्राउ



काठमाडौं । काठमाडौंको कपनस्थित सरस्वती नगरमा नीरा पाण्डे(निरु) को हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जना बाउन्सरलाई पक्राउ गरेको छ।

पाण्डेको हत्यामा संलग्न रहेको आशंकामा झपाबाट गएराति विनोद विक नाम गरेका बाउन्सरलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई आजै काठमाडौं ल्याउने तयारी भइरहेको हत्या अनुसन्धानका लागि गठित छानबिन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरिक्षक एआईजी किरण बज्रचार्यले जानकारी दिए ।

अभियुक्त विक काठमाडौंमा बाउन्सरको काम गर्थे। नीराको हत्यापछि उनी भागेर झापा पुगेको प्रहरीले जनाएको छ ।

कपनस्थित सरस्वती नगरमा भाँडा पसल सञ्चालन गर्ने निरुको वैशाख ७ गते दिनदाहाडै पसलमै हत्या भएको थियो। उनको शरीरका झन्डै २० ठाउँमा चक्कु रोपिएको थियो।

घटनामा संलग्न पहिचान हुन नसक्दा यसबीच प्रहरीले ५/७ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो। अभियुक्तका विषयमा प्रहरीले विस्तृत विवरण खुलाइसकेको छैन।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ९ : ४२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *