१२ बैशाख २०८१, बुधबार | Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीर अस्पतालमा कार्यरत स्टार्फ नर्स मृत फेला



काठमाडौं । वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठ काठमाडौं महानगरपालिका– १६ बोहराटारस्थित एकजना चिकित्सकको कोठामा मृत भेटिएकी छिन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार शनिबार अपराह्न उक्त घटना भएको हो। घटनाबारे प्रहरीलाई ४ बजे खबर भएको, तर हालसम्म शव घटनास्थलमै रहेको प्रहरीको भनाइ छ।

उनले कोसी अस्पतालमा कार्यरत डा. सुजन ढकालको कोठामा उनी मृत भेटिएको जानकारी दिए। घटनास्थलमा सुसाइट नोट फेला परेको र त्यसमा बाँच्न मन नभएको उल्लेख भएको प्रहरीले जनाएको छ। 

प्रहरीले आपसी सम्बन्धका कारण घटना भएको हुन सक्ने अनुमान गरेको छ। रासस 

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ८ : २५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *