१२ बैशाख २०८१, बुधबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नर्स आत्महत्या प्रकरण : प्रेमी र उनका बुबाविरुद्ध जाहेरी दर्ता



काठमाडौं । शनिवार अपराह्न बोहराटारस्थित प्रेमीको घरमा मृत अवस्थामा भेटिएकी युवती अनुमा श्रेष्ठका परिवारले आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गराएका छन् ।

लामो समय प्रेम सम्बन्धमा रहेको र विवाह गर्न अस्वीकार गरी आत्महत्या गर्न बाध्य बनाएको भन्दै अनुमाको परिवारले प्रेमी भनिएका सुजन ढकाल तथा उनका बुवाविरुद्ध आत्महत्या दुरुत्साहनमा प्रहरी वृत्त बालाजुमा जाहेरी दर्ता गराएका हुन् ।

मृतक श्रेष्ठको परिवारले आइतबार नै ढकाल तथा उनका बुवाविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएको प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरले जानकारी दिए ।

जाहेरी दर्ता भई हाल अदालतबाट पक्राउ पुर्जी लिने तयारी भइरहेको र पुर्जी प्राप्त भएपछि पक्राउ गरी आवश्यक अनुसन्धान थालिने उनले बताए ।

लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न अस्वीकार गरेको भन्दै वीर अस्पतालमा कार्यरत ३४ वर्षीय श्रेष्ठले शनिवार प्रेमी सुजन ढकालको बोहोराटारस्थित घरमा पुगेर आत्महत्या गरेकी थिइन् ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  १२ : ०५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *