१३ बैशाख २०८१, बिहिबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लोकसेवाको डाटा हरायो, पुन: दरखास्त आव्हान



काठमाडौं । लोक सेवा आयोगले विभिन्न पदमा पुनः दरखास्त आह्वान गरेको छ ।

सरकारी एकीकृत डाटा हराएपछि आयोगले २०७९ मंसिरमा प्रकाशित शाखा अधिकृत, पुसमा प्रकाशित नायब सुब्बा तथा माघमा प्रकाशित नायब सुब्बा प्राविधिकलगायतको पदमा पुनः दरखास्त माग गरेको हो ।

पहिले दस्तुर बुझाएर दरखास्त स्वीकृत भएका तथा दरखास्त स्वीकृत हुन बाँकी उम्मेदवारका लागि मात्र पुनः दरखास्त दिन पाउने प्रावधान राखिएको छ । त्यसका लागि आगामी जेठ १८ सम्मको समय दिइएको छ ।

आयोगले डाटा रिकभरीको कार्य भइरहेपनि कहिलेसम्म हुने र के कति डाटा रिकभर हुने यकिन गर्न नसकिएको बताएको छ ।

पूर्वप्रकाशित विज्ञापनलाई यथास्थितिमा राखिरहँदा जेठदेखि सञ्चालन हुने गरी तोकिएका परीक्षा प्रभावित हुने भन्दै लोकसेवाले पुन: विज्ञापन गरेको जनाएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ८ : ४३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *