१५ चैत्र २०८०, बिहिबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाथीभरामा दर्शनार्थीको भीड



ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा तीर्थयात्रीको भीड लागेको छ ।

क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार यो सिजनमा सबैभन्दा धेरै गत चैत ४ गते पाँच हजार सात सय आठ जना भक्तजन पाथीभरा पुगेका थिए । 

अन्धशुक्र लागेसँगै तीर्थयात्रीको आगमन घटेको थियो तर शुक्रबार यता तीर्र्थयात्रीको आगमन बढेसँगै मन्दिरमा भिडभाड हुन थालेको छ भने पाथीभरा क्षेत्र र सदरमुकाम फुङ्लिङका होटल पनि खचाखच छन् ।

पछिल्लो केही दिनयता साँझ बिहान सामान्य वर्षा भएर चिसो बढे पनि तीर्र्थयात्रीको आगमन भने बढ्दो छ । भक्तजनको घुइँचो लागेसँगै पूजाआजालाई सहज र छिटो बनाउन पाथीभरा क्षेत्रमा रहेका कर्मचारीलाई पूर्णरूपमा खटाइएको छ ।

 पाथीभरा मन्दिरमा स्वदेशी तथा विदेशीसमेत गरी वार्षिक लाखौँको सङ्ख्यामा तीर्थयात्री आउने गरेका छन् । बडादसैँमा सबैभन्दा धेरै तीर्र्थयात्रीको भीड हुन्छ । त्यसपछि भने फागुनदेखि वैशाखसम्म धेरै तीर्र्थयात्री आउने गरेका छन् ।

-रासस 

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ९ : २५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *