१२ बैशाख २०८१, बुधबार | Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्रिपरिषदका निर्णयहरु : बजेट अधिवेशन बोलाउनेदेखि क्रिकेट खेलाडीलाई पुरस्कृत गर्नेसम्म



काठमाडौं । सरकारले मंगलबार र बुधबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले पत्रकार सम्मेलन आयोजना गर्दै राष्ट्रिय क्रिकेट खेलाडीलाई प्रतिव्यक्ति ६ लाख दिने, बैशाख २४ गते बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने लगायतका महत्वपूर्ण ५ निर्णयहरु सार्वजनिक गरेका हुन् ।

यस्ता छन् निर्णयहरु:
१, आगामी वैशाख २४ गते संसद अधिवेशन आव्हान गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने ।

२, एसीसी क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख र अन्य टिम अफिसियललार्ई जनही ३ लाख प्रोत्साहन स्वरुप उपलब्ध गराउने ।

३, कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदान बनाउन आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी निर्माण कार्य सम्पन्न गर्ने ।

४, कोशीटप्पु वन्यजन्तु आरक्ष स्थापना गर्दा बिस्थापितहरुका सन्दर्भमा थप छानविन गरी समस्या समाधान गर्न आयोग पुनर्गठन गरी तीन महिना म्याद थप गर्ने ।

५, विज्ञापन नियमन गर्ने ऐन २०७६ मा भएको एकद्वार र समानुपातिक विज्ञापनका सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गरी विज्ञापन नियमावली २०७७ संशोधन गर्ने ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  १ : ४२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *