८ बैशाख २०८१, शनिबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दार्चुला हिमपहिरोमा बेपत्ता भएका ३ जनाको शव भेटियो



दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परी सम्पर्कविहीन रहेका ३ जनाको शव फेला परेको छ ।

हिजो (मंगलबार) दिउँसो आएको हिमपहिरोमा परि बेपत्ता भएका ६ जना मध्ये ३ जना दुई महिला र एक पुरुषको शव आज हिउँभन्दा बाहिर मृतावस्थामा भेटिएको हो ।

मङ्गलबारदेखि हिमपहिरोमा परी सम्पर्कबिहीन रहेका यार्सा सङ्कलकमध्ये सात जनाको सशस्त्र प्रहरीले उद्धार गरेको थियो भने पाँचजना सम्पर्कबिहीन थिए ।

दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले केहीबेर अघि बेपत्ता भएको ठाउँबाट करिब अढाइ किलोमिटर तल हिउँभन्दा बाहिर मृतावस्थामा तीन शव भेटिएको जानकारी दिए ।

शव भेटिएपछि स्थानीय, नेपाल प्रहरी र हाम्रो टोली घटनास्थल पुगिसकेको छ उनले बताए । शव भेटिए पनि पहिचान भने खुलि नसकेको उनले भने ।

मंङ्गलबार दिउँसोबाट सशस्त्रको टोली उद्धार तथा खोजीमा खटिएको भए पनि लगातारको हिमपात र वर्षाका कारण कठिनाइ भइरहेको थियो ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  २ : १० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *