१७ बैशाख २०८१, सोमबार | Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोरङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु



विराटनगर । मोरङको लेटाङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

लेटाङ नगरपालिका(७ भिरिङखामा बुधबार साँझ भीरबाट जीप खस्दाा चालकसहित २ जनाको मृत्यु भएको हो । दुर्घटनामा परि एक जना गम्भिर घाइते भएका छन् । घाइतेको धरानमा उपचार भइरहेको छ ।

भित्री सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ आइरहेको प्रदेश १–०२–००१ ज ३९५३ नम्बरको जीप दुर्घटना भएको प्रहरीले बताएको छ ।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठका अनुसार दुर्घटनामा चालक मोरङको पथरीशनिश्चरे नगरपालिका घर भएका ३० वर्षीय मनोज दियाली र जीपमा सवार लेटाङ– ३ का ७४ वर्षीय जीवन श्रेष्ठको मृत्यु भएको हो ।

गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राति ९ बजेतिर मृत्यु भएको हो ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  ९ : ४२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *