१५ चैत्र २०८०, बिहिबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजको मौसम



काठमाडौं । आज बिहान देशभर सामान्य बदली रहेको छ । जसका कारण कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

कोसी प्रदेश, मधेस प्रदेश र वाग्मती प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थान तथा बाँकी भू–भागमा एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

काठमाडौंका केही ठाउँमा बिहानैबाट वर्षा सुरु भएको छ । आज दिउँसो पनि काठमाडौंमा वर्षा हुनेछ । अपराह्नपछि भने मौसम खुल्ने महाशाखाले जनाएको छ । आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भोलिबाट भने मौसम केही खुल्दै जाने महाशाखाको पुर्वानुमान छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  ९ : ५६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *