७ बैशाख २०८१, शुक्रबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडकको रेलिङ चोरी



धनगढी। कैलालीको मोहना पुल छ लेन सडक किनारमा लगाइएको रेलिङ चोरी हुन थालेको छ । 

भन्सारदेखि चटकपुर चौराहा क्षेत्रमा रेलिङहरू चोरी भइरहेको धनगढी उपमहानगरपालिकाको कार्यालयले जानकारी दिएको छ । सुरक्षाका लागि लगाइएको रेलिङ चोरी हुन थालेपछि सो कार्यालयले चिन्ता व्यक्त गरेको छ । 

घर, पसल अगाडिबाटै पनि रेलिङहरू चोरी भएका छन् । ६-७ स्थानबाट रेलिङ निकालेर लगिएको धनगढी उपमहानगरपालिकाको कार्यालयले जानकारी दिएको छ । 

महानगरपालिकाले छ लेन सडकमा हरियाली र सौन्दर्यीकरणका मिडियामा रोपेको बोटबिरुवासमेत चोरी भइरहेका छन् । सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुको सट्टा चोरी गर्न थालेपछि त्यस्ता कार्य गर्नेहरूको आलोचना भइरहेको छ । यसै गरी, छ लेन सडकको रेलिङ र बोटबिरुवा चोरी हुनबाट जोगाउनका लागि ठाउँ ठाउँमा सिसी टिभी क्यामेरा जडान गर्न नगरवासीले उपमहानगरपालिकालाई सुझाव दिएका छन् । 

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  १० : ०१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *