४ बैशाख २०८१, मंगलबार | Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेलिकप्टर दुर्घटनाका ३ जना घाइतेलाई काठमाडौं ल्याइयो



काठमाडौं । संखुवासभामा हेलिकप्टर दुर्घटना गम्भीर घाइते भएका क्याप्टेनसहित ३ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो ।

गम्भीर घाइते भएका ३ जनालाई काठमाडौं पठाइएको र अवस्था सामान्य रहेका २ जनाको भने खाँदीबारीमै उपचार गरिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भुवनबाबु खड्काले बताए ।

दुर्घटनामा ५ जना घाइते भएका थिए । प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेहरूमा क्याप्टेन सुरेन्द्र पौडेल, सहयोगी मनोज थापा, छिरिङ भोटे, भविन गुरुङ र विद्युत् प्राधिकरणका कर्मचारी विक्रम गुरुङ छन् ।

उनीहरुलाई नेपाली सेना र नेपाल प्रहरीको टोलीले दुर्घटनास्थलबाट उद्धार गरेको हो ।

घटनास्थलमा रहेका भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष विकास तामाङका अनुसार माथिल्लो अरुण हाइड्रो पावरका सामान गोला भन्ने स्थानबाट सिप्रुङ भन्ने स्थानमा लैजाँदै गर्दा भोटखोला गाउँपालिका वडा नम्बर ४ सिप्रुङमा हेलिकोप्टर दुर्घटनामा परेको थियो ।

घटनास्थलमा रहेका तामाङले हेलिकोप्टरको पंखा पहाडको भित्तामा ठोक्किएर दुर्घटनामा भएको बताए ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ४ : ११ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *