१५ चैत्र २०८०, बिहिबार | Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोटीका ३३ वडामा छैनन् वडा सचिव



डोटी। डोटी जिल्लाका ६५ वटा वडामध्ये ३३ वटा वडामा वडा सचिवको दरबन्दी रिक्त रहेको छ । जिल्लाका नौ पालिकामध्ये सायल गाउँपालिका वडा सचिवबिहीन छ ।

६ वडा रहेको यस पालिकाका कुनै पनि वडामा सचिव नरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण भट्टले जानकारी दिए। उनले भने ‘वडा सचिव नभएपनि गाउँपालिकाका प्राविधिक र अन्य कर्मचारीहरुले सेवा दिईरहेका छन् ।’

डोटीको सदरमुकाम समेत रहेको दिपायल सिलगढी नगरपालिका ४ वटा वडामा वडा सचिव छैनन् । ९ वडा रहेको नगरपालिकामा वडा नम्बर ५, ७, ८, ९ सचिवबिहिन छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर सुचिकारले सचिब नभएका वडाहरुमा पालिकाका प्राविधिक र करारका कर्मचारीले सेवा दिईरहेको समेत बताए ।

त्यस्तै, ११ वडा रहेको शिखर नगरपालिकामा पनि ४ वटा वडामा सचिव छैनन् । वडामा सचिव पद रिक्त हुँदा एउटै व्यक्तिले दुई वडा हेर्नु पर्ने वाध्यता रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुत्तोषम घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ६ : ०२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *