६ बैशाख २०८१, बिहिबार | Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

६ वर्षपछि मोहन्यालको केन्द्र भकुण्डेमा सार्ने निर्णय

बहुमत भकुण्डेकै पक्षमा



कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाको केन्द्र भकुण्डेमा सार्ने निर्णय भएको छ । आइतबार बसेको गाउँ कार्यपालिका बैठकले गाउँपालिकाको केन्द्र वडा नम्बर १ को भकुण्डेमा सार्ने निर्णय भएको हो ।

कुल १५ जना कार्यपालिका सदस्य रहेकोमा बैठकमा ११ जना सहभागि थिए, भने ४ जना अनुपस्थित थिए । भकुण्डेमा केन्द्र राख्ने पक्षमा ११ जना बहुमत सदस्य सहमत भएका हुन् ।

यसअघि गाउँपालिकाको ११ औँ गाउँसभामा गाउँपालिकाको केन्द्र सार्ने वा हेरफेर गर्ने प्रस्तावमा सहमति जुट्न सकेको थिएन । त्यसयता पटकपटक कार्यपालिका बैठक स्थगित भएको थियो ।

स्थानीय तहको पुनर्संरचनाको क्रममा वडा नम्बर २ को खिमडीमा गाउँपालिकाको केन्द्र तोकिएको थियो । शुरुमा साबिकका पण्डौन, सुगरखाल र मोहन्याल गाविस मिलाएर गाउँपालिका बनाइएको थियो ।

यो निर्णय आगामी असारमा १० मा बस्ने गाउँसभाबाट अनुमोदन गर्ने तयारी छ । गाउँसभाले पारित गरेको निर्णय प्रदेश हुँदै संघीय सरकारमा जानेछ ।

संघीय सरकारले निर्णय गरि राजपत्रमा प्रकाशित गरेपछि मात्रै कार्यान्वयनमा आउनेछ । यहाँ स्थानीय तहको निर्वाचनपछि कार्यालय सञ्चालन भने वडा नं.२ को खिमडीबाटै हुँदै आएको छ । भौगोलिक रुपमा विकट मोहन्यालमा अझैपनि पूर्वाधार विकासले फड्को मार्न सकेको छैन ।

साविकका मोहन्याल, पण्डौन र सुगरखाल गरी तीन गाविसहरू गाभेर बनाइएको मोहन्याल गाउँपालिकाको कुल क्षेत्रफल ६२६.९५ वर्ग किलोमिटर छ ।

गाउँपालिकाको पूर्वमा सुर्खेत जिल्ला, पश्चिममा चुरे गाउँपालिका, उत्तरमा डोटी र सुर्खेत जिल्ला तथा दक्षिणमा गौरीगंगा, घोडाघोडी, लम्कीचुहा नगरपालिका र बर्दगोरिया गाउँपालिका छन् । अधिकांश ठाउँमा यातायातको सहज पहुँच छैन ।

२०७४ सालको निर्वाचन अघि पालिका केन्द्र तोकिएको खिमडी डोटी जिल्लाको ठूलीगाडसँग जोडिएको छ । वर्षायाममा केन्द्रसम्म जाने बाटो अवरुद्ध हुन्छ ।

पालिका केन्द्रसम्म हिँडेर ३÷४ दिन लाग्ने सेवाग्राहीलाई सेवा प्रदान गर्न सास्ती भएपछि पालिकाको केन्द्र पायक पर्ने ठाउँमा सार्न आवाज उठ्दै आएको थियो । २०७४ देखि नै केन्द्र सार्ने प्रयास भएपनि सफल भएन ।

पटक–पटक गरिएका प्रयासबाट सहमति नजुटेपछि पहिलो कार्यकालमा खिमडी, सुखड, फलेबिसौना र धनगढीबाट कार्यालय सञ्चालन भएको थियो ।

यातायात र सञ्चारसुविधाको पहुँच पुग्न नसक्दा अघिल्लो कार्यकालमा गाउँपालिकाको कार्यालय छिमेकी पालिकाको सुखड, बौनियाबाट अस्थायी कार्यालय राखिएको भन्दै जनप्रतिनिधि आलोचित भएका थिए । गाउँपालिका अध्यक्ष देविदत्त उपाध्याय (हिमशिखर) ले सबैको केन्द्रबिन्दु पर्ने गरी केन्द्र बनाउने निर्णय गरिएको बताए ।

निर्माणाधिन सेतीलोकमार्ग अन्तर्गत पर्ने भकुण्डेमा सबैलाई पायक पर्ने, यातायात तथा सञ्चार सेवाको सहज पहुँच हुने भएकाले सबैलाइ सहज हुने उनको भनाइ छ । ‘सबै गाउँपालिकाबासीलाई लक्षित गरी कार्यपालिकाबाट यो निर्णय गरिएको छ,’ उनले भने, ‘यसले गाउँपालिकालाई आवश्यक संरचना निर्माण गर्न र कार्यसम्पादन गर्न सहज हुनेछ ।’

यसअघि जनप्रतिनिधिले लिएको आआफ्नो अडानबाट पछि हटेपछि सहमति भएको अध्यक्ष उपाध्यायले बताए ।

राक्सा र चोसेकाँडाको बीचमा पर्ने भकुण्डे सबै किसिमले पायकपर्ने बताए ।

यस्तै, मोहन्याल गाउँपालिकाका उपाध्यक्ष कमलबहादुर साउँदले यसअघिको केन्द्र खिमडीबाट सेवा प्रवाहमा असहजता, भौतिक पूर्वाधार, टेलिफोन सेवाको पहुँच नभएको, भौगोलिक विकटताका कारण केन्द्र सार्ने निर्णय गरिएको बताए ।

केन्द्र सार्ने निर्णय भएको भकुण्डे तराई र पहाडका सबै वडासँग सीमा जोडिएको र सहज आवातजावतमा हुने उनको भनाइ छ । ‘कार्यपालिकाबाट हामीले सर्वसम्मत रुपमा भकुण्डे लैजाने निर्णय गर्यौँ,’ उनले भने, ‘आगामी असारमा हुने बजेट भाषणको गाउँ सभामा प्रस्ताव लिनका लागि सहमति भयो, त्यसपछि कार्यपालिका बैठक बसेर प्रदेशमा सिफारिस गर्छाैँ ।’

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ६ : ४५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *