८ बैशाख २०८१, शनिबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उग्र बन्दै पहिचानवादी आन्दोलन, झापा झडपमा १० प्रहरीसहित २२ जना घाइते



काठमाडौं । कोशी प्रदेश नामकरणको विषयमा असन्तुष्टि जनाउँदै मङ्गलवार साँझ झापाको दमकमा भएको झडपमा १० जना प्रहरीसहित २२ जना घाइते भएका छन् ।

कोशी प्रदेश नामाकरणको विरोधमा निस्केको राँके जुलुसको क्रममा भएको झडपमा परेर प्रहरी नायव उपरीक्षक मनोजकुमार लामासहित २२ जना घाइते हुन् । करिब डेढ घण्टा दुई पक्षबिच झडप भएको थियो । झडपमा १० प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

करिब ३ सय मिटर टाडादेखि राँको बालेर आएका आन्दोलनकारीहरूलाई दमकको मुख्य गणतन्त्र चोकमा प्रहरीले रोकेर राँको निभाउन खोजेपछि दुई पक्षबीच झडप सुरु भएको थियो । झडपले उग्र रूप लिएपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो ।

आन्दोलनकारीहरूले प्रहरीमाथि आक्रमण गरेपछि भिडलाई तितरबितर गर्न र सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि १९ सेल अश्रुग्याँस, पाँच राउन्ड ब्ल्याक फायर र एक राउन्ड हवाई फायर गरेको प्रहरीको भनाई छ ।

भिड नियन्त्रणका लागि प्रहरीले चलाएको गोलीको छर्रा लागेर दुइ जना आन्दोलनकारी घाइते भएका छन् । गम्भिर घाइते भएका निर्मला लिङदेन र गजेन्द्र फागो लिम्बूको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । घटनापछि दमकको सुरक्षा व्यवस्था थप कडा पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ९ : ४० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *