१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ



काठमाडाैं । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन्। प्रहरी उच्च श्रोतका अनुसार उनी आफ्नै निवासबाट पक्राउ परेका हुन् । उनलाई आजै अदालतमा उपस्थित गराइने प्रहरीको तयारी छ । 

खाणलाई आज बिहान उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो। हाल उनलाई अपराध अनुसन्धान कार्यालयको हिरासतमा राखिएको परिसरका प्रवक्ता सिताराम रिजालले जानकारी दिए ।

भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका अभियुक्तले पूर्वगृहमन्त्री तथा कांग्रेस नेता खाणको समेत नाम बयानमा लिएका छन् । सोही आधारमा उनलाई अनुसन्धानको लागि पक्राउ गरिएको हो ।

११ जना हिरासतमा, ८ जना फरार 
यो ठगी प्रकरणमा प्रहरीले हालसम्म ११ जनालाई पक्राउ गरिसकेको छ । मंगलबार दुईजना पक्राउ परेका छन् । काठमाडौं टोखाका रामशरण केसी र झापाका गोविन्द चौधरी मंगलबार पक्राउ परेका हुन् । उनीहरू दुवै पैसा उठाउने बिचौलिया भएको काठमाडौैं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए । 

यसअघि यो मुद्दामा आठजना पक्राउ परिसकेका छन् । जसमा सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप छन् । त्यस्तै, बिचौलिया समूहका सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, टंक गुरुङ र सागर राई छन् । 

पक्राउ पुर्जी जारी भएका अझै नौजना फरार रहेको स्रोत बताउँछ । जसमा एमाले सचिव टोपबहादुर रायमाझी र इन्द्रजित राईका छोरा नीरजसमेत छन् । अन्य सातजना बिचौलिया समूहसँग मिलेर पैसा उठाउनेहरू छन् । उनीहरूमध्ये केही विदेशमा रहेको प्रहरी स्रोत बताउँछ । 

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  १० : ५२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *