१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपमेयर डंगोल चीनमा



काठमाडौं । टुरिजम समिटमा सहभागी हुन काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोल चीन गएकी छिन । चीनको छाङ्सा सहरमा मंगलबार सुरु भएको छाङ्सा फ्राग्रान्ट टुरिजम समिटमा भाग लिन उनी सोमबार त्यसतर्फ गएकी हुन् । सम्मेलन शुक्रबारसम्म चल्नेछ ।

उनी वर्ल्ड टुरिजम सिटिज फेडेरेसन (डब्लुटिसिएफ)को निमन्त्रणामा चीन गएकी हुन् । उनीसँगै कार्यपालिका सदस्य मैयालक्ष्मी महर्जन, मेयरको सचिवालय प्रमुख नुरनिधि न्यौपाने र अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख सुदर्शन भट्टराई पनि गएका छन् । सम्मेलनमा पर्यटनसम्बन्धी आपसी हित र सीप, क्षमता विकास, सिकाइ तथा अनुभव आदान–प्रदान हुने महानगरले जनाएको छ । सहरी पर्यटन, कोरोनापछिको पर्यटन पुनस्र्थापना, मेयर्स डाइलग, पर्यटन विकासका नयाँ सूचक, सांस्कृतिक पर्यटनलगायत विषयमा प्रस्तुतीकरण, छलफल, स्थलगत अवलोकन भ्रमणसहित कार्यक्रम सम्मेलनको तालिकामा राखिएका छन् । सम्मेलनमा बिजनेस टु बिजनेस (बिटुबी), पर्यटन व्यापार, पर्यटनमा लगानीमा विषयमा अन्तक्र्रिया हुनेछ ।

उनीहरूले आज (बुधबार) काठमाडौंको सहरी पर्यटनको सम्भावनाका लागि लोक तथा सांस्कृतिक जीवन, कला, साहित्य र सिर्जनाका विषयमा प्रस्तुतीकरण गर्नेछिन् । सम्मेलनको नारा ‘विश्व पर्यटन पुनरुत्थानका लागि सहरको शक्ति’ रहेको छ । बेइजिङको पहलमा बनेको विश्व पर्यटन सहर महासंघ सहरहरूमा केन्द्रित विश्वको पहिलो अन्तर्राष्ट्रिय पर्यटन संगठन हो । पर्यटनबाट सहरी अर्थतन्त्रमा योगदान गर्नु, सहरी पर्यटन उद्योगबाट सहरी गतिविधिलाई जीवन्त बनाउनु यसको दृष्टिकोण हो । अर्थतन्त्रको स्वास्थ्य प्रगतिका लागि विश्व पर्यटनको योगदान ठूलो रहन्छ । यसलाई योगदान पुर्‍याउने अनुसन्धान र निष्कर्ष संगठनका क्रियाकलाप हुन् । कार्यभार सम्हालेपछि उपमेयर डंगोलको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो । टोली शनिबार स्वदेश फर्किनेछ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  १० : ५९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *