१५ चैत्र २०८०, बिहिबार | Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मञ्जु खाँण सम्पर्कविहीन



काठमाडौं । नेपाली कांगेसका समानुपातिक सांसद एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण सम्पर्कबिहीन भएकी छन् । उनका पति तथा पूर्वगृहमन्त्री खाँड पक्राउ परेपछि मञ्जु मोबाइल अफ गरेर सम्पर्कविहीन भएकी हुन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका बालकृष्ण खाँणलाई बुधबार चाबहिलको मैजुबहालबाट प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले बालकृष्णसँग उनका सहयोगी नरेन्द्र केसीलाई पक्राउ गरेको थियो ।

नेपाली कांग्रेसकी सांसद एवं सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा र मञ्जु खाँडलाई साढे ८ करोड बुझाएको जाहेरवालाले दिएको अडिओ सर्वाजनिक भएको थियो । केही दिनअघि सार्वजनिक भएको अडियोमा नक्कली शरणार्थी प्रकरणमा मञ्जुले साढे ६ करोड रुपैयाँ बिचौलियाबाट लिएको भनिएको छ ।

यस्तै, देउवा पत्नी आरजुले पनि अढाई करोड रुपैयाँ बुझेको विवरण उक्त अडिओमा थियो । उक्त प्रकरणमा मुछिन पुगेपछि मञ्जु अहिले सम्पर्कबाहिर भएकी हुन् । यो प्रकरणमा प्रहरीले हालसम्म खाँडसहित १२ जनालाई पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ५ : ०७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *