४ बैशाख २०८१, मंगलबार | Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमडीएमएस प्रणाली लागु हुने



काठमाडौं । जेठ १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली लागु हुने भएको छ ।

सरकारले निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश २०७७ को व्यवस्थालाई संशोधन गर्दै २ वटा मोबाइल ल्याउन दिने व्यवस्था गरेको हो । सो नियम भोलिदेखि लागु हुने भएको दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

यससँगै विदेशबाट स्वदेश फर्किने नेपालीले २ वटा मोबाइल ल्याउन पाउने भएका छन् । प्राधिकरणले नेपाल भित्र मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता भए नभएको एकिन गरी खरिद गर्न सकिने बताएको छ ।

भन्सार विभागले विदेशबाट फर्कने यात्रुहरुले आफुले प्रयोग गरिरहेको मोबाइल फोन महसुल नतिरी ल्याउन पाउने व्यवस्था संशोधन गरिएको जानकारी दिएको छ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ६ : ५१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *