३ जेष्ठ २०८१, बिहिबार | May 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मदन राईलाई ७ दिन थुनामा राख्न अनुमति



काठमाडौं । बाल यौन दुरूपयोग मुद्दामा पक्राउ परेका कृषि विज्ञ मदन राईलाई ७ दिन हिरासतमा राख्न जिल्ला अदालत खोटाङले प्रहरीलाई अनुमति दिएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङका इन्स्पेक्टर बेनुकुमार कार्कीका अनुसार जिल्ला अदालत खोटाङले राईमाथि अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

गत शुक्रबार शुभम् फाउन्डेसनबाटै राईलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

शुभम् फाउन्डेसनले खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाको जनजागृति माध्यमिक विद्यालयमा ‘गर्दै, सिक्दै’ कार्यक्रम लागू गरेको छ । राईमाथि विद्यालयमा अध्ययनरत छात्रामाथि बाल यौन दुरुपयोग गरेको आरोप छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ६ : ५४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *