१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बनेपाको गेष्ट हाउसमा युवती राखेर वेश्यावृत्ति



बनेपा । काभ्रेपलाञ्चोकको बनेपास्थित एक गेष्ट हाउसमा वेश्यावृत्ति गराएको आरोपमा दुई जना पक्राउ परेका छन्। बनेपा नगरपालिका–१० पुलबजारस्थित रहेको एउटा गेष्ट हाउस एण्ड खाजा घरमा वेश्यावृत्ति गराएको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा मकवानपुर जिल्ल्ला बागती गाउँपालिका–७ स्थाई बनेपामा गेष्ट हाउस सञ्चालन गर्ने बस्ने ४२ वर्षका लालमान तितुङ र काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका लामाटोल घर भइ खाजा घरमा काम गर्ने वर्ष २० का श्याम लामा छन् ।

प्रहरीले गेष्ट हाउसबाट ५ जना नाबालिका र किशोरीको उद्धार गरेको पनि जनाएको छ । उद्धार गरिएका किशोरीहरुले होटलका सञ्चालकहरुले ललाइ फकाइ, आर्थिक प्रलोभनमा पारी, विश्वास दिलाइ होटलमा आउने ग्राहकहरूसँग जवरजस्ती शारिरिक सम्पर्क गर्न बाध्य बनाउने गरेको बताएका प्रहरीले जनाएको छ ।

पक्राउ परेका गेष्ट हाउस सञ्चालकहरुलाई मानव बेचबिखन तथा ओसरपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम जाहेरी दरखास्त लिई जिल्ला अदालत धुलिखेलबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  ८ : ३६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *