७ बैशाख २०८१, शुक्रबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रौतहटमा विवादमा एक जनाको हत्या



जनकपुरधाम । रौतहटमा एक जना पुरुषको हत्या भएको छ ।

गौर नगरपालिका-७ सिसवा टोलका ४५ वर्षीय यार महम्मद खानको हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) वीरबहादुर बुढामगरले जानकारी दिए ।

एसपी बुढामगरका अनुसार राति १० बजेतिर घर नजिकै खान र छिमेकी शेख साविरबीच सामान्य विवाद भएको थियो । त्यस क्रममा साविरले खानको बायाँ छातीमा छुरा प्रहार गरेका थिए ।

छुरा प्रहारबाट गम्भीर घाइते खानलाई प्रादेशिक अस्पताल कलैया लैजाने क्रममा बाटोमै मृत्यु भएको एसपी बुढामगरले बताए ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  ९ : ११ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *