१५ चैत्र २०८०, बिहिबार | Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ऋतम्भरा पाठशालाको दीक्षान्त समारोह, २८ विधार्थी दीक्षीत



काठमाडौं । चाँगुनारायण–२ भक्तपुरमा रहेको ऋतम्भरा पाठशालाले २८ जना विद्यार्थीलाई दीक्षीत गरेको छ । यूकेजी उर्तीण गरेर कक्षा १ मा गएका २८ विद्यार्थी दीक्षीत भएका हुन् ।

शुक्रवार विद्यालय प्राङ्गणमा आयोजित समारोहमा ऋतम्भरा पाठशालाका संस्थापक निर्देशक शिवप्रसाद पोखरेल, चाँगुनारायण नगरपालिकाका शिक्षा शाखा प्रमुख बीरबहादुर खड्का, वडा नम्बर २ का वडाध्यक्ष सोम प्रधान र मिस नेपाल २०२० नम्रता श्रेष्ठले प्रमाणपत्रसहित विद्यार्थीहरुलाई उज्ज्वल भविष्यको शुभकामना दिएका थिए ।

संस्थापक निर्देशक पोखरेलको अध्यक्षतामा भएको समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतीथि शिक्षा शाखा प्रमुख खड्काले ऋतम्भराले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको भन्दै प्रशंसा गरेका छन् । ‘यो विद्यालयको शिक्षाको गुणस्तर देखेर खुसी लाग्यो,उनले भने,‘संस्कार सहितको शिक्षाले यो विद्यालय नमूना बनेको छ ।’

अभिभावहरुको विद्यालय प्रतिको सन्तुष्टिलाई ठुलो आम्दानी मानेर उनीहरुलाई समेत विद्यालय सँग सधैं समन्वय हुने वातावरण तयार गर्न सके शैक्षिक गुणस्तरमा व्यापक सुधार हुनेमा उनले विश्वास व्यक्त गरे । उनले नगरपालिकाले यो विद्यालयकालागि गर्नुपर्ने सहयोगमा कुनै कमी हुन नदिने पनि बचन दिए ।

समारोहलाई सम्बोधन गर्दै वडाध्यक्ष प्रधानले शिक्षा समितिका तर्फबाट गर्न सकिने सहयोगका लागि आफूहरु सधैं तयार रहेको बताए । तर त्यसकालागि विद्यालयले प्राविधिक शिक्षामा समेत जोड दिनसके राम्रो हुने उनको भनाई छ । ‘यहाँहरु प्राविधिक शिक्षामा जोड दिनुहोस्, उनले भने,‘ वडालाई सून्दर बनाउने हाम्रो अभियानमा पनि त्यसले मद्दत गर्नेछ ।’

दीक्षीत हुने विद्यार्थीका अभिभावकहरुको प्रतिनिधित्व गर्दै कक्षा १ मा अध्ययनरत जस्टिना क्षेत्रीका बुबा ध्रुव बीसीले केवल कक्षा उर्तीण गराउनकै लागि पढ्ने र पढाउने भन्दापनि बालबालिकाहरुलाई संस्कार सिकाइनु पर्नेमा जोड दिएका थिए । ‘पढ्नु र पढाउनु त छदैछ,उनले भने,‘यो सँगै संस्कार सिकाइमा जोड दिनुहोला ।’ उनले विद्यालय र अभिभावक बिच समन्वय हुने गरी समिति गठन गरेर नियमित छलफल गर्ने वातावरण बनाउन समेत आग्रह गरेका छन् ।

विद्यालयका प्रचार्य जुनु बुढाथोकीको स्वागत मन्तब्यबाट सुरु भएको समारोहमा अभिभावक, अन्य अतीथि, विद्यालयका सेयर सदस्यहरु, शिक्षक शिक्षीकाहरु र विद्यार्थी लगायतको उपस्थीति रहेको थियो ।

२०५९ सालमा स्थापना भएको यो विद्यालयले भर्खरै कक्षा ९ को पनि अनुमति पाएको विद्यालयको पूर्वप्राथमिक तहका संयोजक शान्ता तिम्सिनाले बताइन् ।

फोटोमा यस्तो देखियो दीक्षान्त समारोह

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  १२ : १५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *