१५ चैत्र २०८०, बिहिबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेश



कैलाली । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शनिबार प्रदेश प्रमुख देवराज जोशीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

नेपाली कांग्रेसबाट बझाङका पृथ्वीबहादुर सिंहले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै, माओवादी केन्द्रबाट झपट साउँद सामाजिक विकास मन्त्री र रमेश धामी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् । गीतादेवी माल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनेकी छन् ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । २०७९ माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका शाहले नेपाली कांग्रेसकै प्रकाशबहादुर देउवालाई भौतिक पूर्वाधार विकास र नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाहीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

मुख्यमन्त्रीको कार्यभार सम्हालेको एक सय दिनपछि शाहले मन्त्रीपरिषद् विस्तार गरेपनि अझै पूर्णता पाउन सकेको छैन । आफूले दुईवटा मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टी सरकार बाहिरै रहेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  ६ : ०८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *