१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तामाकोसी पाँचौंकालागि १३ अर्ब ७४ करोड ऋण लगानी सम्झौता



काठमाडौं । ९९.८ मेगावाटको तामाकोसी पाँचौं जलविद्युत आयोजनाको लगानी जुटेको छ । यो आयोजना दोलखाको बिगु गाउँपालिकामा निर्माण हुन लागेको हो ।

जसको लागि ब्याजसहित २१ अर्ब १४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा कर्मचारी सञ्चय कोषले १३ अर्ब ७४ करोड ऋण लगानी गर्ने छ ।

आयोजनामा ६५ प्रतिशत ऋणबाट र ३५ प्रतिशत इक्विटीबाट जुटाएर वित्तीय व्यवस्थापन गरिएको छ । आयोजना निर्माणका क्रममा सर्बसाधारणलाई समेत सेयर निश्कासन गरी स्वपुँजी (इक्विटी) बाट जुटाइने छ ।

लागानीका सम्बन्धमा हालै नेपाल विद्युत प्राधिकरण, आयोजनाको प्रवद्र्धक तामाकोसी जलविद्युत कम्पनी र कर्मचारी सञ्चयकोषबीच त्रिपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कोषका प्रशासक जितेन्द्र धिताल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विनोद भण्डारीले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौताका क्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतको पनि उपस्थिति थियो ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  ९ : ३८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *