१५ चैत्र २०८०, बिहिबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चट्याङ लागेर अछाममा चार महिला घाइते



अछाम । चट्याङ लागेर अछाममा चार महिला घाइते भएका छन् । उनीहरु मध्ये एकको अवस्था गम्भीर छ ।

जिल्लाको कमलबजार नगरपालिका–१ मुलीको मालेगाउँमा बिद्युत् पोलको ट्रान्सफरमरमाथि चट्याङ पर्दा नजिकै रहेका दुई घरका चार महिला घाइते भएका हुन् । घाइते मध्ये गम्भीर अवस्थाकी गीताकुमारी रावतलाई नेपालगञ्ज रिफर गरिएको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अफिसर अनमोल थापाले बताए ।

उनका अनुसार १८ वर्षीया रावत अर्ध बेहोस अवस्थामा रहेका कारण थप जटिलता उत्पन्न नहोस भनेर तत्काल रिफर गरिएको हो ।

घटनामा घाइते ३२ वर्षीया धिर्जा बजगाई, ३१ वर्षीया सरस्वती बजगाई र ५० वर्षीया मोतिकला बजगाइको अवस्था भने सामान्य छ । उनीहरुको कमलबजारमै उपचार भइरहेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  १ : ५१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *