१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा करेन्ट लागेर एक जनाको मृत्यु



अछाम । अछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका–४ कुसकोटका ३१ वर्षीय सर्जन साउँदको मृत्यु भएको हो ।

उनी कुसकोट स्थित जनकल्याण माविकालागि विद्युत् विस्तार गर्ने क्रममा पोलमा चढेका थिए । विद्युत् पोलमा तार तान्दै गर्दा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रहरी निरीक्षक राजेन्द्र साउँदले बताए ।

उनका अनुसार साँउदको करेन्ट लागेर पोलमा झुण्डिएकै अवस्थामा मृत्यु भएको थियो । उनको शव सदरमुकाम मंगलसेनमा रहेको जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  ८ : ५४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *