१५ चैत्र २०८०, बिहिबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शंकरदेव क्याम्पका प्रमुखसहित चार पदाधिकारीद्वारा राजीनामा



काठमाडौं । शंकरदेव क्याम्पसका क्याम्पस प्रमुख सहित चार पदाधिकारीले राजीनामा दिएका छन् । क्याम्पस प्रमुख केशवराज जोशीले बिहीबार राजीनामा दिएसँगै अन्यले पनि राजीनामा दिएका हुन् ।

राजीनामा दिनेहरुमा क्याम्पस प्रमुख जोशी सहित सहायक क्याम्पस प्रमुख तथा बीबीएस कार्यक्रम प्रमुख भोजराज ओझा, बीबीएम कार्यक्रम निर्देशक रीता मास्के र बीबीएम कार्यक्रम सहनिर्देशक केशर खाती रहेका छन् ।

बिहीबार जोशीले राजीनामा दिएपछि एमाले र नेकपा समाजवादी निकट अनेरास्ववियूले ‘प्राध्यापक माथिको ज्यादती बन्द गर, राजीनामा दिएर जिम्मेवारीबाट भाग्न पाइँदैन’ भन्ने नारासहित ह्यासट्याग ‘सेभ शंकरदेव क्याम्पस’ चलाएका थिए ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ८ : ४८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *