१३ बैशाख २०८१, बिहिबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा सम्पदा घुम्ती बस सेवा सुरु



काठमाडौं। काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रहरूको प्रवद्र्धन गर्ने उद्देश्यले सम्पदा घुम्ती बस सेवा सुरु गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले साझा यातायात, ललितपुरको सहकार्यमा विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदामा घुम्ती सेवा सुरु गरेको हो। 

पाटन दरबार स्क्वायर, काठमाडौं दरबार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भुसम्म सहज पहुँच हुने गरी मंगलबारदेखि ‘सम्पदा घुम्ती बस सेवा’ को परीक्षण सञ्चालन गरिएको हो।

पर्यटनमन्त्री सुदन किराती र ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनकले ललितपुरबाट सम्पदा घुम्ती बस  सेवाको शुभारम्भ गरे। बस सेवाको उद्घाटन गर्दै मन्त्री किरातीले यो बस सेवा सञ्चालनले काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रको प्रवद्र्धन हुने अपेक्षा गरिएको बताए।

उनले उपत्यकाको पर्यटन प्रवद्र्धनका लागि यो सानो प्रयास भएको बनाउँदै यसको परीक्षणपश्चात् सेवा विस्तार गरिने  जानकारी दिए। 

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ९ : ०८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *