७ बैशाख २०८१, शुक्रबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हज यात्राका लागि एक हजार ९२ जना छनोट



काठमाडौं । सन् २०२३ को हज यात्राको तयारी अन्तिम चरणमा पुगेको नेपाल हज समितिले जनाएको छ ।     

हालै नयाँ जिम्मेवारी पाउनुभएका समितिका अध्यक्ष मकबुल मिया (शाह)को नेतृत्वमार्फत हज यात्राको व्यवस्थापनको जिम्मेवारी नेपाल हज समितिले लिएको छ ।     

उहाँका अनुसार सन् २०२३ को हज यात्राका लागि एक हजार ९२ जना छनोटमा परेका छन् । हज यात्री नेपालबाट यही जेठ १६, १७, १८, २०, २१ र २२ गतेको उडानमार्फत त्यसतर्फ जाने समितिले जानकारी गराएको छ ।     

गृह मन्त्रालय र साउदीको हजा तथा उमरा मन्त्रालयको आग्रहमा शाह नेतृत्वको समितिले हज यात्रा व्यवस्थापनको जिम्मेवारी लिएको छ ।     

सन् २०२२ मा नेपालदेखि हज गर्न जाने हज यात्रीहरूको व्यवस्थापन गृह मन्त्रालयअन्तरगत रहेको हज समितिले गरिरहेको छ ।     

साउदी सरकारले आफ्नो ठूलो बजेट हज तथा उमरा मन्त्रालय मातहत रहेर खर्च गरिरहेको छ । यस वर्ष पनि नेपाल हज समितिले नेपालबाट साउदी अरबस्थित मक्का (पवित्र तीर्थस्थल) मा हज (तीर्थ) गर्न जाने नेपाली मुस्लिम धर्मावलम्बीको हज यात्राको समग्र व्यवस्थापन गर्नेछ । समितिले नेपाल हज समिति कार्यविधि–२०७२ अनुसार गर्नेछ ।     

साउदी अरेबियाको सरकारले हजको व्यवस्थापनमा सरसफाइ, सुरक्षा र खानपिन र पिउने पानीको सुविधा उपलब्ध गराउँछ । सन् २०२२ को हजमा नेपालीलाई विदेशमा खाना, खाजा, बास तथा तीर्थ गराउने कार्यमा उत्कृष्ट व्यवस्थापन गरिएको थियो । रासस   

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  ८ : ०० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *