७ बैशाख २०८१, शुक्रबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेलम्ची खानेपानी पुनः वितरण हुँदै



काठमाडौ। जेठ ५ गतेदेखि बन्द गरिएको मेलम्ची खानेपानी सोमबार बेलुकी देखि काठमाडौं उपत्यका तर्फ छाडिएको छ । सुरुङमा पथान्तरण गरिएको पानी बिहीबार देखि वितरण सुरु गरिने छ। 

सुरुङको रेक्टिफिकेशन तथा बाढीले क्षतिग्रस्त हेडवर्क्स लगायतका संरचनाको निर्माण गर्न बन्द गरिएको मेलम्ची खानेपानी पुनः वितरण सुरु गरिएको राईले बताउनुभयो । हेडवर्क्सको अल्प तथा मध्यकालिक पानी पथान्तरणका कार्यहरू नदी फर्काएरै गर्नुपरेकाले मेलम्ची खानेपानी विकास समितिले १० दिन अघि सूचना जारी गरेर मेलम्चीको सुरुङ बन्द गरेको थियो ।

हेडवर्क्समा नयाँ संरचना निर्माण भएपछि सामान्य बाढीमा पहिले जस्तो सुरुङ बन्द गर्नु नपर्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  ११ : २० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *