१४ बैशाख २०८१, शुक्रबार | Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रेशम चौधरीलाई आममाफी दिएको विरोधमा प्रदर्शन



स्याङ्जा । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको आममाफीको विरोध गर्दै पुतलीबजारमा प्रर्दशन  गरिएको छ।  पुतलीबजार नगर कमिटी युवा संघले र्‍यालीसहित विरोध प्रदर्शन गरेका हुन्।

गणतन्त्र दिवसको अवसर पारेर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीलाई आममाफी दिएपछि सोमबार बिहान उनी रिहा भएका हुन्। 

एमालेको भातृ संगठन युवा संघसहित एमाले नेता सम्मिलित समूहले प्ले कार्ड बोकेर नारा लगाउँदै मुख्य बजार परिक्रमा गरेका छन्।

टीकापुर घटनाका मुख्य दोषी चौधरीलाई तीन तहका अदालतले दोषी ठहर गरेको अवस्थामा सरकारले  षडयन्त्रपूर्वक दिइएको आममाफीविरुद्ध विरोध प्रदर्शन गरेको नगर अध्यक्ष भीम रानाले जानकारी दिए। प्रदर्शनकारीले सरकार र राष्ट्रपतिविरुद्ध पनि चर्का नारा लगाएका थिए।

कैलालीको टीकापुरमा भएको थारुहट आन्दोलनका क्रममा दुई वर्षे बालकसहित ९ जना प्रहरी मारिएको घटनाका मुख्य दोषीको रुपमा चौधरी कैद जीवन विताइरहेका थिए।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  १ : १८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *