१५ चैत्र २०८०, बिहिबार | Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति द्रौपदीबीच भेटवार्ता



काठमाडौं । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरेका छन् ।

राष्ट्रपति कार्यालयमा भएको सो भेटमा द्विपक्षीय हितका विविध विषयमा विचारविमर्श भएको थियो । भेटमा नेपाली प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो ।

आजै प्रधानमन्त्री प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको थियो । त्यसलगत्तै विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर भएको थियो ।

प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्रीले हैदरावाद हाउसमै दिवा भोज आयोजना गरेका थिए । प्रधानमन्त्री प्रचण्डले आजै भारतीय उपराष्ट्रपति जगदीप धनखडसँग भेटवार्ता गरेका छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ६ : ५१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *