१५ चैत्र २०८०, बिहिबार | Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतबाट बढेर आयो डिजेल र पेट्रोलको मूल्य, ग्याँसको घट्यो



काठमाडौं । भारतबाट डिजेल, पेट्रोलमा बढेर र ग्याँसमा घटेर इन्धनको नयाँ मूल्य प्राप्त भएको नेपाल आयल निगमले जनाएको छ ।

निगमलाई बिहीबार बिहान प्राप्त नयाँ मूल्यअनुसार डिजेल लिटरमा २ रुपैयाँ ११ पैसा र पेट्रोलमा २ रुपैयाँ ४ पैसा मूल्य बढेको छ ।

यस्तै हवाई इन्धनको मूल्य लिटरमा ७ रुपैयाँले घटेर आएको छ भने खाना पाकाउने ग्याँसका मूल्य सिलिण्डरमा ४९ रुपैयाँले घटेर प्राप्त भएको निगमले जनाएको छ । नयाँ मूल्यपछि १५ दिनमा निगम एक अर्ब ७५ करोड रुपैयाँ नाफामा छ । नयाँ मूल्य पछि उपभोक्ता मूल्य बढाउने वा नबढाउने भन्ने निर्णय भने निगम सञ्चालक समितिले गर्न बाँकी छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ७ : १३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *