काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतम विवाह बन्धनमा बाँधिएकी छन् । काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद गौतमले व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह गरेकी हुन् ।
सोबिता र गृहेन्द्रले गत जेठ पहिलो साता दुवै परिवारका सीमित सदस्यको उपस्थितिमा विवाह गरेका हुन् । २८ वर्षीय सोबिता रास्वपाको बौद्धिक र जुझारु युवा अनुहारमा परिचित छिन् । उनी कानूनकी विद्यार्थी हुन् । विगतमा टेलिभिजन कार्यक्रमको प्रस्तुतकर्ता र निर्माताका रुपमा पनि उनले काम गरेकी थिइन् ।
सोबिता हाल पार्टीको कामको सिलसिलामा जापान भ्रमणमा छिन् । सोविताले आफू केही दिनका लागि जापान जान लागेको पार्टीलाई जानकारी गराएकी थिइन् । उनीसँग विवाह गरेका गृहेन्द्र हिमालयन बिल्डर्सका डाइरेक्टर र ग्रिस्मा ब्रोडकास्टिङका अध्यक्ष हुन् ।
प्रतिक्रिया