८ जेष्ठ २०८१, मंगलबार | May 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

व्यक्तिलाई गाली गरेर पार्टी बलियो बन्दैन : सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैको विरोध गर्दैमा पार्टी ठूलो नबन्ने बताएका छन् । शनिबार नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै एक व्यक्तिलाई गाली गरेर पार्टी ठूलो नबन्ने बताएका हुन् ।

उनले पार्टीको लागि काम गरेर पार्टीलाई बलियो बनाउन कसैले पनि नरोकेको स्पष्ट पारे । उनले पार्टी बलियो बनाउन जनताको काँधमा काँध मिलाइ जनसम्पर्क विस्तार गर्नुपर्ने बताए । ‘गाली गरेर केही हुनेवाला छैन । काम गर्नुस् न पार्टी ठूलो बनाउनुस्, बलियो बनाउनुस् । विरोध गरेर पार्टी बन्नेवाला छैन, पार्टी बनाउनलाई जनताको काँधमा काँध र जनसम्पर्क नै हो । जनतामा जानुपर्छ । जनतामा जाने हो । गाली गरेर कहाँ पार्टी बन्छ,’ उनले भने ।

उनले अब सभापति नभई पार्टीलाई सहयोग गर्ने बताए । ‘अहिले पार्टीलाई मजबुत बनाउने हो, मैले पार्टी ठूलो बनाइहालें । अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन । एकजनालाई गाली गरेर पार्टी बलियो हुँदैन । सबै एक भएर गए पार्टी बलियो हुन्छ,’ उनले भने ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  ५ : ०३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *