८ जेष्ठ २०८१, मंगलबार | May 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारत भ्रमण सकेर स्वदेश फर्किंदै प्रधानमन्त्री ‘प्रचण्ड’ (तस्बिरहरु)



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको भारत भ्रमणमा रहेको टोली चार दिने भ्रमण सकेर शनिबार नेपाल फर्किंदैछन् । प्रधानमन्त्री ‘प्रचण्ड’ लाई भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरिएको हो ।

विदेश मन्त्रायलका राज्यमन्त्री मिनाक्षी लेखीले प्रधानमन्त्री प्रचण्डसहितको टोलीलाई बिदाइ गरेकी हुन् । राज्यमन्त्री लेखीले नै प्रधानमन्त्री प्रचण्ड लगायतलाई स्वागत गरेकी थिइन् । प्रधानमन्त्री प्रचण्ड नेपाल एयरलाइन्सको जहाजबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साँझ ६ बजे अवतरण गर्ने सचिवालयले जनाएको छ ।

जेठ १७ गते भारत गएका प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी म‍ुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, सुरक्षा निकायका अधिकारीहरू, उद्योगी व्यवसायी लगायत विभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्तिहरूसँग भेटवार्ता गरेका थि‍ए ।

उनले १८ गते भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । त्यसक्रममा भारत र नेपालबीच विभिन्न सम्झौतासमेत भएका छन् ।

हेर्नुहोस् तस्बिरहरु :

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  ५ : ३६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *