काठमाडौं । अहिले काठमाडौं उपत्यकालगायत देशभरको तापक्रम वृद्धिको क्रम जारी रहेको छ । केही दिनयता बढेको गर्मी अझै केही दिन नघट्ने भएको छ । जल तथा मौसम विज्ञान विभाग जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गर्मी अझै केही दिन बढ्ने सम्भावना छ ।
मौसमविद् गोविन्द झाका अनुसार अहिले काठमाडौंको तापक्रम ३२ डिग्री सेल्सियस छ । अझै केही दिन यो क्रम बढ्ने सम्भावना छ । काठमाडौंमा विगतका वर्षहरूमा जुन महिनामा सरदर तापक्रम २९.२ डिग्री सेल्सियस मात्र तापक्रम हुनेगरेकोमा यस पटक बढेर ३२ डिग्री सेल्सियस पुगिसकेको छ।
प्रतिक्रिया